बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जिताले चुमिन् मिस टिन कन्टेस्टको ताज

बिहीबार, २० पुस २०७४, १२ : ०५
बिहीबार, २० पुस २०७४

काठमाडौं  ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’को उपाधि सञ्जिता पाठकले जितेकी छन् । बुधबार साँझ राजधानीमा जमल स्थित नाचघरमा आयोजित प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिता ताज पहिरिन सफल भएकी हुन् । उनले विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर प्राप्त गरेकी हुन् ।  
प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।
यस्तै र्याम्प जोन इन्टरप्राईजेजद्वारा आयोजित सो प्रतियोगिता किशोरीहरुको व्यक्तित्व विकाशका लागि दुई वर्ष यताबाट यो प्रतियोगिता गर्दै आएको आयोजक रमी श्रेष्ठले बताईन् ।
कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, नविन लम्साल, अभिनेत्री एवम् निर्माता रोशनी केसी, मिसेस नेपाल ग्रान्ड बन्दना बिष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप