‘वानप्लस ५ टी’ अब नेपालमा
काठमाडौं– वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शितगर्दै आएको दावी पनि गरेको छ ।
‘वानप्लस ५ टि’माउच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली जडान भएको छ । जसले अहिलेसम्मकै सबैभन्दा उच्चगुणस्तरको तस्वीर खिच्न सकिन्छ । यसमा जडान भएको ड्यास चार्जको कारण आधाघण्टा चार्जगर्दा पुरा दिन कुरा गर्न सकिन्छ जुन वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।
एनसेलका ग्राहकहरुका लागि हरेक हप्ता २०० एम .बि प्रोमोस्नल डाटा प्याक प्रत्येक १२ हप्तासम्मको लागि प्रयोग गर्न पुग्ने छन् ।
क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ जसले फोनको सहजयूजर एक्सपेरियन्स न्यूनशक्ति दिन्छ । ‘वानप्लस ५ टि’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ भने विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराई रहन्छ ।
‘वानप्लस ५ टि’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ’ आइहब प्रालिका मार्केटिंङ म्यानेजर धिरेन्द्र कुशवाहले भने, ‘हामीले यो सिद्धान्तलाई ‘वानप्लस ५ टि’ को सबै क्षेत्रहरुमा लागू गरेका छौं’ ।
६ इन्चइम्प्रेसिभ अप्टिक अमोलेड डिस्प्लेवानप्लस ५ टि निकै पातलो छ । जुन मिडनाइट ब्ल्याककलर अप्सनमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम