शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ, पाल्पाको प्रारम्भिक परिणाम, तानसेनमा एमालेको अग्रता

बिहीबार, १५ असार २०७४, १७ : १७
बिहीबार, १५ असार २०७४

सुवास विश्वकर्मा 

पाल्पा– स्थानीय तह दोस्रो चरणको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पाल्पाको दुई नगरपालिकासहित सबै स्थानीय तहको गणना जारी रहेको छ । 

सदरमुकामस्थित तानसेन नगरपालिकाको गणना थालिएको छ । प्रारम्भिक परिणामअनुसार  तानसेन नगरपालिकाको १ र २ वडाको मतगणनामा  एमालेले अग्रता देखिएको छ  ।

६ सय ५  मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार लक्ष्मी पाठकले २ सय ८३ मत पाएका छन् । नेकपा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार अजयमान कर्माचार्य २ सय १५, उपमेयर लालकुमारी रानाले २ सय ५५ मत नेकपा माओवादी केन्द्रको मेयर पदकी उम्मेदवार प्रतीक्षा सिँजालीले २४, उपमेयर धनेन्द्रराज घिमिरेले ३६ मत प्राप्त गरेका छन् । 

त्यस्तै, राप्रपाको मेयर उम्मेदवार ११, राष्ट्रिय जनमोर्चाका मेयर उम्मेदवार टीकाराम पौडेलले १, मसाल ४, र स्वतन्त्र उम्मेदवारले ४ मत पाएका छन् । पाल्पाको २ नगरपालिका र ८ गाउँपालिकामा मतगणना जारी छ ।

१ लाख ६२ हजार २ सय ५३ मतदाता रहेको पाल्पामा २ नगरपालिका र ८ गाउपालिकामा गरी स्थानीय तहको निर्वाचनबाट  ४ सय २५ जनप्रतिनिधि चुनिनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप