शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५९ वर्षीया महिलाको २६ वर्षे ठिटोसँग बस्यो प्रेम, विवाहपछि भयो यस्तो हाल

बिहीबार, १५ असार २०७४, १६ : ४०
बिहीबार, १५ असार २०७४

डेलीमेल

श्रीलङ्कामा विवाहका लागि पुगेकी यी बेलायती महिलाले अब आफू ठगिएको हुनसक्ने अनुमान गरिरहेकी छिन् । अब न त उनको विवाह बचेको छ न नै जीवनभरी दुःख गरेर जम्मा गरेको सम्पत्ति । ५९ वर्षीया डायने डी जोयसालाई २६ वर्षे ठिटोसँग प्रेम भयो । उनी आफ्नो सबैकुरा बेचेर श्रीलङ्का पुगिन् र ती ठिटोसँग विवाह गरिन् । र अब उनलाई यतिबेला उनका श्रीमानले उनीसँग पैसाको लागि मात्र विवाह गरेको र त्यही पैसाको चक्करमा उनको ज्यान नै गुमेको पत्ता लाग्यो ।

– डायने ६ वर्ष पहिले श्रीलङ्कामा छुट्टी मनाउन गएकी थिइन् जहाँ होटलका कर्मचारी प्रियांजनसँग उनको पहिलो पटक भेट भयो र प्रेम बस्यो ।

– उनी बेलायतको एडिनबर्ग सिटि काउन्सिलमा पूर्व कस्टमर सपोर्ट वर्कर थिइन् । सन् २०११ मा श्रीमानलाई पहिलो पटक भेटेपछि त्यसको सात महिनापछि विवाहका लागि उनी दोस्रोपटक श्रीलङ्का पुगिन् । उनी सन् २०१५ को फेब्रुअरीमा सधैंका लागि श्रीलङ्का सिफ्ट भइन् । त्यसको चार महिनापछि उनको श्रीमानले कोलोम्बोमा काम पाएपछि जुन महिनामा उनी स्कटल्याण्ड गइन् ।

श्रीमानको धेरै नै याद आएपछि उनले सेप्टेम्बरमा श्रीलङ्का जाने निश्चित गरिन् ।

– श्रीलङ्का जानुभन्दा पहिले उनले स्कटल्याण्डको आफ्नो घर बेचिन्, जागिर छोडिन् र परिवारको अनुमती बिना नै श्रीलङ्का गइन्  १ करोड ३१ लाख रुपैयाँ आफ्ना श्रीमानको हातमा थमाएकी थिइन् ।

– यद्यपी, पछि उनले प्रियांजनले उक्त विवाह पैसाको लागि मात्र गरेको भन्ने थाहा पाइन् ।

– उनले मिडियासँग कुराकानीको क्रममा आफूले पहिले नै यी सबै कुरा पैसाको लागि भएको भनेर बुझ्नुपर्ने बताइन् । उनले भनिन्, ‘म जबदेखि यहाँ आए, उनलाई हरेक क्षण पैसाको आवश्यकता पर्दथ्यो ।’

मेरो सम्बन्धका कारण पारिवार थिए तनावमाः

डायनाले आफ्नो सम्बन्धका कारण उनका साथी र परिवारमा तनावमा भएको बताइन् । उनले भनिन्, ‘मेरो सम्बन्धमा सबैले औंला उठाइरहेका थिए, सबैजना निकै चिन्तित हुनुहुन्थ्यो तर म नै उनीहरुलाई गलत पुष्टि गर्न चाहन्थें ।’

उनले भनिन्, ‘मेरा कुनै पनि साथी मेरो विवाहमा खुसी थिएनन् । तर म उनलाई प्रेम गर्दथें र मलाई लाग्थ्यो कि उनले पनि मलाई माया गर्छन् ।’

‘मैले प्रियंजनलाई बाहेक कसैलाई पनि यसरी माया गरेको छैन । उनी पनि सधैं मलाई प्रेम देखाउने गर्दथे र मलाई श्रीलङ्का ल्याउनका लागि आतुर थिए ।’

उनका अनुसार उनी अहिले पनि दैनिक उनीबारे सोच्ने गर्दछिन् जबकी पछिल्लो महिना उनको साथीको घरमा उनको हत्या भयो ।

उनले भनिन्, ‘मलाई लाग्छ कि मेरा श्रीमानको हत्या त्यही व्यक्तिले गरेका हुन् जसले उनलाई पैसाको लागि ब्ल्याकमेल गरिरहेका थिए ।’

डायनालाई श्रीलङ्का गएकोमा निकै पछुतो छ । उनी अब  एक्लै भएको र स्कटल्याण्ड फर्कन चाहेको तर पर्याप्त पैसा नभएको उनले बताइन् ।

कैदी जस्तो भएको थियो जीवनः

विवाहपश्चात् उनको जीवन कैदीजस्तो भएको उनले बताइन् । उनलाई घर बाहिर निस्कने अनुमती थिएन । प्रियांजनको परिवार नजिकैको घरमा बसेपनि उनी त्यहाँ कहिले पनि नगएको उनले बताइन् । उनका श्रीमानले उनलाई सडकमा धेरै नै कुकुर हुने र पागल मानिसहरु हुने भएकाले एक्लै बाहिर नजाने चेतावनी दिएका थिए ।

अर्की श्रीमती भएको शंकाः

डायनाका अनुसार प्रियांजनको पहिले नै विवाह भइसकेको छ जसलाई उनी बारम्बार भेट्न जान्थे । उनका अनुसार उनले प्रियांजनको विवाहको प्रमाणपत्र देखेकी थिइन् जसमा १८ वर्षकी युवतीसँग उनको विवाह भएको थियो तर प्रियांजनले उक्त प्रमाणपत्र भाइको भनिदिए ।

उनी पटक पटक घरबाट पनि हराउने गरेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप