शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउथका स्टारको बलिउड यात्रा : कोही हिट, कोही सुपर फ्लप

मङ्गलबार, १८ पुस २०७४, १३ : ०८
मङ्गलबार, १८ पुस २०७४

मुम्बई– साउथ स्टार रजनिकान्तले गत आइतबार नयाँ राजनीतिक पार्टी बनाउने घोषणा गरे । उनले केही पहिले ३१ डिसेम्बरमा एक महत्वपूर्ण  घोषणा गर्ने सार्वजनिक गरेका थिए । उनको घोषणामा ‘तमिलनाडुको आउँदो चुनाव’ अगाडि राजनीतिक पार्टी बनाउने रहेको छ । पार्टीले आगामी विधान सभाको चुनावमा देशभरबाट भाग लिने उनको घोषणामा उल्लेख छ । साउथ चलचित्रबाट बलिउड अभिनयमा भित्रिएका रजनिकान्तले बलिउडमा पनि कैयौँ हिट चलचित्र दिएका छन् । रजनिकान्तको अलवा साउथका धेरै अभिनेता, अभिनेत्री बलिउड भित्रिएका छन् तर तीमध्ये केही हिट भएका छन्, केही फ्लप ।

 
रजनिकान्त :


साउथका सुपरस्टार रजनिकान्तले १९९३ को चलचित्र ‘अन्धा कानुन’बाट बलिउड डेब्यु गरेका थिए । यसपछि उनले ‘गिरफ्तार’, ‘दोस्ती दुश्मनी’, ‘गैरकानुन’, ‘भ्रष्टाचार’, ‘चालबाज’, ‘भैरवी’लगायत थुप्रै सुपरहिट चलचित्र दिए । उनको नयाँ चलचित्र ‘२.०’ प्रदर्शनको तयारीमा छ ।

श्रुति हासन :


श्रुतिले २००९ को चलचित्र ‘लकी’बाट बलिउड डेब्यु गरेकी थिइन् । यसको अलवा उनले ‘दिल तो बच्चा है जी’, ‘रमैया वस्तवैया’, ‘डिडे’, ‘गब्बर इन ब्याक’लगायत आधा दर्जनभन्दा बढी चलचित्र अभिनय गरेकी छन् । तर कुनै पनि चलचित्रले उनलाई सफलताको सिँढी चढाउन सकेन ।

श्रिया सरन :


श्रियाले २००३ को ‘तुझे मेरी कसम’ चलचित्रबाट बलिउड डेब्यु गरेकी हुन् । यसपछि उनले ‘आवारापन’, ‘दृश्यम’मा समेत काम गरिन् । तर उनको नाम कहिल्यै पनि बलिउडका हिट अभिनेत्रीको सूचीमा अटाएन । ‘सन्तोषम’, ‘टैगोर’, ‘शिवाजी : द बोस’ उनले अभिनय गरेको बलिउड चलचित्र हुन् ।
 
धुनष :


धुनुष २००२ मा निर्मित ‘थुलल्लुवधो ल्लामई’ बाट बलिउड भित्रिएका थिए । यसको अलवा उनले ‘तिरुडा तिरुडी’, ‘पोल्लाधवन’, ‘मरया’, ‘नैयान्दी’ लगायत धेरै चलचित्रमा काम गरेका छन् । तर बलिउडमा खासै उनको पहिचान छैन । 

तृषा कृष्णन :


२०१० मा अक्षकुमारका साथ ‘खट्टा मिठा’बाट बलिउड डेब्यु गरेकी तृषाको यो चलचित्र सुपर फ्लप भयो । उनले ‘वर्षम’, ‘जी’, ‘आरु’, ‘कृष्णा’, ‘समर’लगायत साउथमा भने कैयौँ सुपरहिट चलचित्र दिएकी छन् ।

रामचरण :


साउथ सुपरस्टारमध्येका एक हुन् रामचरण । उनले ‘जंजीर’ मार्फत बलिउड डेब्यु गरेका थिए । चलचित्र सुपर फ्लप साबित भयो । ‘नायक’, ‘धु्रव’ जस्ता साउथमा उनका कैयौँ हिट चलचित्र छन् ।

काजल अग्रवाल :


‘क्यो हो गया ना’ २००४ मा बनेको यो चलचित्रबाट काजलले बलिउड डेब्यु गरेकी हुन् । यसको अलवा उनले ‘सिङ्घम’, ‘स्पेसल २६’ अभिनय गरिन् । चलचित्र त हिट भयो तर बलिउडमा उनको पहिचान बन्न सकेन । उनले साउथमा आधा दर्जन हिट चलचित्र दिएकी छन् ।

कमल हसन :


कमलले बलिउडका केही हिट चलचित्रमा काम गरेका छन् । जसमा ‘एक दुजेके लिए’, ‘सनम तेरी कसम’, ‘राज तिलक’, ‘गिरफ्तार’ लगायत रहेका छन् । साउथमा पनि उनका ‘सागरा संगम’, ‘काक्की सत्तई’ लगायतका चलचित्र हिट छन् ।

आर माधवन :


माधवनले बलिउडका धेरै चलचित्रमा काम गरेका छन् । ‘रहेना है तेरै दिल मे’, ‘दिल विल प्यार प्यार’, ‘गुरु’, ‘हल्ला बोल’, ‘थ्री इडियट्स’ लगायतमा उनले काम गरेका चलचित्र हुन् । उनका साउथ चलचित्र पनि धेरै हिट छन् । 

तमन्ना : 

तमन्नाले बलिउड फिल्म ‘हिम्मतवाला’बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनको अभिनय रहेको अर्काे चलचित्र ‘हमसकल’ पनि हो । तमन्नाले अजय देवगन, सैफअली खान, अक्षय कुमार जस्ता स्टारका साथ काम गरेकी छन् । तर पनि उनी बलिउडमा हिट हुन सकिरहेकी छैनन् । 

भूमिका चावला :


भूमिकाले चलचित्र ‘तेरे नाम’बाट बलिउड डेब्यु गरेकी थिइन् । पहिलो चलचित्र सलमान खानसँग सुपरहिट दिएपछि उनले ‘रन’, ‘दिल ने जिसे अपना कहाँ’, ‘सिलसिले’, दिल जो भि कहे’, ‘लभ यु आलिया’लगायत चलचित्रमा काम गरिन् । तर पनि बलिउडमा उनले राम्रो पहिचान बनाउन सकिनन् । साउथमा भने उनको राम्रो चर्चा छ । 

प्रकाश राज :


प्रकाश राजले साउथ चलचित्रमा विभिन्न रोल निर्वाह गरेका छन् । बलिउडका चलचित्रमा पनि उनको भूमिका फरक फरक देख्न सकिन्छ । प्रकाशले बलिउडका ‘वान्टेट’, ‘दबङ्ग’, ‘पुलिसगिरी’, ‘सिङ्घम’, ‘हिरोपंती’ जस्ता हिट चलचित्र लगायत अन्य केही चलचित्रमा काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप