शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ रजनी अभिनित ‘उल्झन’को फष्ट लुक

सोमबार, १७ पुस २०७४, १२ : ३९
सोमबार, १७ पुस २०७४

काठमाडौं – अग्रेजी नयाँ बर्षको अवसर पारेर चलचित्र ‘उल्झन’ले फष्टलुक सार्वजनिक गरेको छ । फष्टलुकमा चलचित्रका तीन कलाकार धुर्ब दत्त,  रजनी केसी र बेनी देखिएका छन् ।
स्वदेश भन्दा पहिले बिदेश प्रदर्शन गरिने चलचित्रको युरोप प्रदर्शन तयारि भइरहेको निर्देशक राजु अधिकारीले बताए । उनका अनुसार चलचित्र जनवरी र फेब्रुअरिमा युरोपका बिभिन्न मुलुकमा प्रदर्शन हुनेछ । 
२ चैत्रबाट स्वदेशमा प्रदर्शन आउने यो चलचित्रमा धुर्ब दत्त, रजनी केसी, बेनी लगायतको अभिनय रहनेछ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको चलचित्रका नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता 
पारिवारिक कथामा निर्माण भएको चलचित्रमा आरति अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा सम्वाद रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप