शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

सोमबार, १७ पुस २०७४, १२ : ३७
सोमबार, १७ पुस २०७४

बेँसीशहर– भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेंसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । 

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको ¥यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुशी लागेको बेलायती पर्यटक जुलियाले बताए । 

दिवसका अवसरमा उद्योग वाणिज्य संघ लमजुङ, रोटरी, रोट्रयाक्ट, जेसिससहित विभिन्न युवा क्लबले आज बिहान बेँसीशहरमा र्याली निकालेका थिए । र्यालीमा आयोजकसहित टोपीलगायतका विदेशी र सर्वसाधारणको स्वःस्फूर्त सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए । 

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष दीपक पौडेलले बताए । 

विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तवरबाट नै टोपी दिवसलाई विशेष महत्व दिनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । 

विगत चारवर्षअघिदेखि रोट्रयाक्ट क्लब अफ लमजुङले टोपी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवद्र्धन गर्न टोपी दिवस मनाउँदै आएको क्लबका अध्यक्ष झमप्रसाद गुरुङले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप