शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला खराब भएका विष्टको सहयोगार्थ सांस्कृतिक साँझको तयारी

सोमबार, १७ पुस २०७४, १२ : १६
सोमबार, १७ पुस २०७४

अमेरिका– मिर्गौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गरिने भएको छ । आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो । अन्तर्रा्िष्ट्रय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्टसँग न्यूयोर्कमा गएर युट्युबमा संदेश लिएको छ । उक्त भिडियो मार्फत पप सम्राट ओम बिक्रम बिष्टले भासिएको आवाजमा आफू केहि दिनदेखि दुवै मिर्गौला खराव भएर डायलेसिसको उपचारमा छु भनि संदेश दिएका छन् । यसैगरि अमेरिका पुगेका अभिनेता सरोज खनालले कलाकार बिष्टको तनमन र धनले सहयोग गरौ भनि सन्देश दिएका छन् । 
आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले डिसी महानगर क्षेत्रका संघरसंस्थासंग समन्वय गरि सबैलाई सहभागिता र सहयोगको लागि आव्हान गरेको छ । उसले गत डिसेम्बर ११ मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेला गराएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप