स्वस्थानी व्रत कथा सुरुः शालीनदीमा एक महिने मेला लाग्ने
हेमराज ढकाल
काठमाडौं – शङ्करापुर नगरपालिकामा अवस्थित धार्मीक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला आज सोमबारदेखि सुरु भएको छ ।
पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिनासम्म सञ्चालन हुने गर्दछ ।
प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ ।
आज बिहान सबेरै देखि दशानाथीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर रहेको छ ।
श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्राह्मणीकी पुत्र नवराज राजाले राज्य गरेको प्राचीन नगर लावण्य देश साँखु बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिना सम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।
सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ ।
एक महिना पछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
ग्रन्र्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।
शाली नदी पुग्नको लागि श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्र्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनीक यातायातका साधन पाउन सकिन्छ ।
यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिडेर समेत पुग्न सकिन्छ ।
आजदेखि हिन्दुहरुको घरघरमा स्वस्थानी वत्रकथा बाचन गर्ने र एकमहिना भएपछि पुजाआजा गरेर विर्सजन गर्ने परम्परा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा