चिर्पट प्रहार गरेर श्रीमानको हत्या
आइतबार, १६ पुस २०७४, १५ : ३३

गोरखा– भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेको आरोप लगाइएको छ ।
पैंसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घर झगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।
प्रहरीसमक्ष हीरादेवीले श्रीमान्को हत्या गरेको स्वीकार गरिसकेकी छन् । “घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा