शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ष २०१७ मा कोहीको फलिफाप, कोहीको भने बेहाल

आइतबार, १६ पुस २०७४, १५ : २७
आइतबार, १६ पुस २०७४

मुम्बई । वर्ष २०१७ अबको केही घन्टामा बिदा हुँदैछ । यो वर्षले कसैका लागि धेरै खुसी दिएको छ, भने कसैको लागि दुःखको भारी थुपारेको पाइन्छ । भारतीय टिभी कलाकारका लागि भने यो वर्षले धेरै उतार चढाव ल्याउन सफल भएको छ । यो वर्ष केही कलाकारको जोडी अलग भए, भने केही कलाकारको सम्बन्धमा नै टुट्यो । केही कलाकार जेलमा पुगेको समेत देखियो । केही कलाकारलाई सफलताले पछ्याउन पनि सकेन । टेलिभिजनका ति कलाकार जसलाई २०१७ राम्रो हुन सकेन । 

जुही परमार 
कलाकार जुही परमार र अभिनेता सचिन श्रोपले यसै वर्ष फ्यामिली कोर्टमा डिर्बास फाइनल गरे । बिबाहको ८ वर्षपछि यी दुबैले अलग रहने फैसला गरेका हुन् । यी दुबैले २००९ मा बिबाह गरेका थिए । बिबाहको दुई वर्षपछि नै दुबैको सम्बन्धमा खटपट सुरु भएको थियो ।

पीयुष सहदेव 
टिभी शो ‘बेहद’ र ‘देवो के देव ःमहादेव’मा भगवान रामको भुमिका निर्बाह गरेका पीयुष बलात्कारको आरोपमा पक्राउ परे । उनलाई आफुसँगै काम गर्दै आएकी एक अभिनेत्रीले बलात्कारको आरोप लगाएकी थिइन् । आरोप भन्दा पहिले उनलाई श्रीमती आकांक्षा रावतले डिभोर्सको केस समेत फाइल गरेकी थिइन् ।

संजीदा शेख 
यो वर्ष संजीदाको पुरै परिवारको विरुद्ध घरेलु हिंसाको केस दर्ता भयो । उनको भाउजुले माइतिको बुबासँग कुरा गर्न नदिएको, घरमा कुटपिट गरेको आरोप लगाइन् । यसको अलवा उनको ‘लव का है इन्तजार’ टीभी शो १५ मेमा सुरु भएर ३० सेप्टेम्बरमा बन्द भयो ।

अमित टंडन र रुबी टंडन 
टिभी कलाकार अमित टंडन र उनकी श्रीमती रुबी टंडनबीचको सम्बन्ध अहिले सामान्य छैन । रुबी दुवइको जेलमा रहेकी छन् । मिडियाको समाचारलाई आधार मान्ने हो भने उनीलाई सरकारी अधिकारी धम्क्याएको आरोप लागेको छ । आरोपका कारण उनलाई दुबइको अलसफा जेलमा राखिएको जनाइएको छ ।

कपिल शर्मा 
अष्ट्रेलियाबाट फर्कदै गर्दा उनको सहकर्मी सुनील ग्रोवरसँग झगडा भयो । त्यसपछि ‘द कपित शर्मा’शोका केही सदस्यले शो छोडे । २०१७ उनका लागि निकै अनलक्की रह्यो । उनलाई गेष्टले लामो समय कुराएको भन्दै बदनाम समेत गर्न भ्याए । उनको स्वस्थ्यमा पनि समस्या देखियो । जसका कारण चर्चित शो समेत बन्द गर्नुपर्यो ।

दृष्टि धामी 
२०१७ मा दृष्टिले ‘परदेश मे है मेरा दिल’ साइन गरिन् । यो सिरियलले टिआरपी पाउन सफल भएन । २०१७ मा नै यो बन्द भयो । यसपछि उनी खाली छन् । 

तेजस्वी प्रकाश

 सिरियल ‘पहरेदार पिया की’ कन्सेफको लागि निर्माण युनिट सुरुमै विवादमा पर्यो । अभिनेत्री तेजस्वीका लागि यो वर्ष ठिकठाक रहन सकेन । सिरियलमा १९ वर्षकी केटी र ९ वर्षका केटाको बीच रोमान्स देखाइएको थियो । सिरियलमा यी दुबैको हनिमुनको सिनसमेत बुनिएको थियो । उक्त सिनका लागि दर्शकले अभिनेत्रीलाई सामजिक संजालमा गाली गरे ।

किरण र  रिंकु करमाकर ः टिभी कलाकारमा रुचाइएका यी दम्पती एक वर्षदेखि अलग रहँदै आएका छन् । यी दुबैको एक छोरा छ । तर यी दुबैको सम्बन्ध तोड्ने संघारमा पुगेको छन् । १५ वर्षको सम्बन्ध यी दुबैले डिभोर्स मार्फत टुङ्ग्याउन लागेका हुन् । दुबैले डिबोर्सका लागि फाइल समेत गरेका छन् । २००१ यी दुबै ‘कहानी घर घरकी’ सिरियलमा पहिलो पटक एकसाथ काम गरेका थिए ।

सुरभी ज्योति 
२०१७ मा ज्योति टिभी सिरियल ‘कोइ लौट के आया है’ मा देखिएकी थिइन् । यो सो धेरै समय चलेन । त्यसपछि जोति अर्काे सिरियल ‘देव’मा देखा परिन् । यो सिरियलले उनलाई केही फाइदा भएन । यो वर्ष उनी चर्चा बिहीन बनिन् । 
 
पार्थ समथान 
पार्थबिरुद्ध यसैवर्ष मुम्बइको बांगुरनगर पुलिस स्टेसनमा केस दर्ता गरिएको छ । उनलाई २० बर्षीय मोडल सुष्मिता चक्रवर्तीले गलत ब्यवहार प्रदर्शन गरेको आरोप लगाएकी छन् । उनले यो विषयमा माफी समेत मागेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप