मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भ्याट बिबादले सेयर कारोबार स्थगित

बिहीबार, १५ असार २०७४, १४ : ४३
बिहीबार, १५ असार २०७४

काठमाडौं– ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्ने व्यवस्था गरेपछि विहिबार सेयर कारोबार स्थगित भएको छ । आन्तरिक राजस्व कार्यालयले ब्रोकर कम्पनीहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले त्यसको विरोधमा विहिबार सेयर कारोबार स्थगित  गरेका हुन । 
विधि र प्रक्रियाविना नै आन्तरिक राजस्व कार्यालयले कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि सेयर कारोबारमा समस्या हुने देखेर कारोबार नगरिएको सेयर ब्रोकर दिपकराज सुवेदीले जानकारी दिए । भ्याटमा दर्ता नै नभएको कम्पनीलाई भ्यान तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि अन्यौलता छाएकाले विहिबारको कारोबार स्थगित हुन गएको हो । 
ब्रोकरहरुले यस बारेमा छिटो निर्णय पनि धितोपत्र बोर्डलाई दवाव पनि दिएका छन । उनीहरुले विहिबार नै बोर्डमा भ्याटमा दर्ता नभएका ब्रोकर कम्पनीहरुले के आधारमा भ्यान तिर्ने  भनि प्रश्न समेत गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप