शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रृष्टि र नरेनको ‘लाउरे’ बैशाखमा

आइतबार, १६ पुस २०७४, ११ : ३८
आइतबार, १६ पुस २०७४

काठमाडौं – पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टि श्रेष्ठ, नरेन लिम्बुको रोमान्स रहेको चलचित्र ‘लाउरे’ले प्रदर्शन मिति फाइनल गरेको छ । २८ बैशाखलाई चलचित्र रिलिट डेटको रुपमा निर्माण कम्पनी दुर्गिश फिल्मस्ले फाइनल गरेको हो । 

पप गायकको रुपमा ख्याति बटुलेका नरेन लिम्बु यही रोमान्टिक ड्रामा मार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सायद र होस्टल सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मस्ले लाउरेको व्यवसायिक र कलात्मक पाटोको सफलतामा विश्वास व्यक्त गरेको छ । 

विक्रमसिंह थारु निर्देशित चलचित्रलाई रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता बुद्धिलाल मगर र वितरक काफिया फिल्मस् प्रालि हो । 

आलोक शुक्लाको छायांकन रहेको सिनेमाको पटकथा नेगेटिभ बुद्धले लेखेको हो । बुद्धका प्रमुख थारु निर्माता रहेको सिनेमा लालपुर्जा रिलिज तयारीमा छ । लाउँरे मार्फत थारुले निर्देशनमा डेब्यु गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप