शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा १६.४ प्रतिशतले तलब वृद्धि

आइतबार, १६ पुस २०७४, ११ : २७
आइतबार, १६ पुस २०७४

काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले  तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ । 

जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर  नयाँ वर्षसँगै लागु हुनेछ । 

निर्धारित नयाँ पारिश्रमिक अनुसार  कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन  भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हजार ७७० वन भएको छ । हालको विनिमय दर अनुसार उक्त पारिश्रमिक  मासिक डेढ लाख रुपयाँ बढि  हुनेछ । 

मजदुर संगठनहरुले प्रतिघण्टा दश हजार वन माग गरिरहेका थिए । ज्याला निर्धारण समितीले २०१७ का लागि कायम तलब भन्दा दोब्बर गरेको छ । मजदुरहरुका माग प्रति सकरात्मक देखिएका वर्तमान राष्ट्रपति मुन्जेको सरकारले तलब वृद्धिलाई प्राथमिकता दिएको छ । 

अधिकांश कम्पनीहरुमा अतिरिक्त काम पनि हुनाले कामदारहरुको मासिक कमाई सन् २०१८ मा दुई लाख रुपँया बढि हुनेछ । अतिरिक्त काम भएको अवस्थामा कामदारले प्रतिघण्टा ११ हजार २९५ वन प्राप्त गर्नेछन् ।

नयाँ तलबले स्वदेशी तथा इपिएस लागु भएका १६ देशका कामदारहरु लाभान्वित हुनेछन् । दक्षिण कोरियामा  ४० हजार नेपाली युवाहरु रोजगारीका लागि पुगेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप