बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५० लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष

शनिबार, १५ पुस २०७४, ११ : ३१
शनिबार, १५ पुस २०७४

काठमाडौं– पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य अग्नी प्रसाद सापकोटाले नेपालको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखेको भन्दै वाम गठबन्धनको सरकार बनेलगतै ५० लाख पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने बताएका छन् ।
राजधानीमा शुक्रबार भएको नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को १४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सापकोटाले समग्र पर्यटन यातायातको प्रबद्र्धन सम्बद्र्धन र व्यवस्थित गर्नका लागि सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निर्वतमान अध्यक्ष हरेराम बराललगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफुहरु लागिपर्ने र त्यसका लागि एनटीभीएसँग सहकार्य गरेर सहयोगीको रुपमा सदासर्वदा रहने बताए ।
कार्यक्रममा एनटीभीएका संस्थापक अध्यक्ष रामहरी शर्मा, पूर्वअध्यक्ष मनोज श्रेष्ठका साथै पत्रकार संगम बानियाँ, मधुजंग पाण्डे र प्रकाश खालिङलाई सम्मान गरियो ।
साधारण सभाले नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप