शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब चोरियो चार्लीको शव

शनिबार, १५ पुस २०७४, १० : ५६
शनिबार, १५ पुस २०७४

विश्वचर्चित कमेडियन चार्ली चाप्लिनका दर्शक अहिले पनि लाखौँ छन् । इन्टरनेटमा मात्रै होइन, टेलिभिजनमा पनि उनका कमेडी भिडियो अहिले पनि देखाइन्छन् । आजका दिनमा पनि उनको नाम चर्चामा छ ।

लन्डनमा जन्मिएका चार्लीको बाल्यकाल गरिबी र निकै दुःखमा बित्यो । कुनै शब्द उच्चारण नगरी हाउभाउले मात्रै दुनियाँ हसाउने चार्ली जीवित छँदा जति चर्चित थिए, मृत्युपछि पनि छन् । मृत्यु भएलगत्तै उनी झन् बढी चर्चामा आए ।

२५ डिसेम्बर १९७७ मा उनको मृत्यु भएको थियो । ८८ वर्षको उमेरमा स्विट्जरल्यान्डको कोर्सियरमा मृत्यु भएका उनको अन्तिम संस्कारअनुसार शव गाडियो । तर, गाडिएको तीन महिनापछि उनको शव गायव भयो । गाडिएको ठाउँबाट शव चोरी भएको थियो ।

शव चोरी भएको तब थाहा भयो, जब कोही व्यक्तिले चार्लीकी पत्नी उना चाप्लिनलाई फोन गरेर पैसाको बार्गेनिङ गर्‍यो । शव फिर्ता गर्ने भए ठूलो रकम बुझाउनुपर्ने मोलमोलाई चोरले गर्‍यो ।

प्रहरीलाई खबर गरेपछि चार्लीको चोरिएको शव खोज्न सुरु भयो । तुरुन्त प्रहरी सक्रिय भएर लाग्यो । अन्ततः दुईजना चोर पक्राउ परे । चार्लीको शव चोर्नेहरू नाग रोमना वारदास र गेचो गानेव थिए ।

प्रहरीले उनीहरूसँग चार्लीको शव चोर्नुको कारण खोज्न अनुसन्धान सुरु गर्‍यो । सोधपुछपछि उनीहरूले बताए कि आर्थिक समस्याका कारण चार्लीको शव चोरिएको हो । उनीहरू चार्लीको शवमा बार्गेनिङ गरेर प्राप्त भएको पैसाबाट नयाँ व्यवसाय सुरु गर्न चाहन्थे ।

पछि चार्लीको शव स्विट्जरल्यान्डकै पासस्थित भिलेज अफ नोविलेमा गाडियो । यसपटक सिमेन्टको चिहान बनाएर गाडिएको थियो, ताकि पुनः उनको शव चोरी नहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप