बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीले बाल्यकालकी प्रेमिका र दुई सन्तानकी आमासँग भोली विवाह गर्दै

बिहीबार, १५ असार २०७४, १३ : ३४
बिहीबार, १५ असार २०७४

जून २४ तारिखमा ३० वर्ष पुगेका फुटबल स्टार लियोनेल मेस्सी अब विवाह बन्धनमा बाँधिन तयार छन् ।

लियोनेल मेस्सीले जून ३० तारिखमा प्रेमिका एन्टानेला रोकुजोलाई गृहनगर अर्जेन्टिनास्थित रोसारियोमा विवाह गर्ने भएका छन् । यो त्यहि ठाउँ हो जहाँ मेस्सी हुर्किएका हुन् । मेस्सीको विवाहपूर्व नै दुई सन्तानका पिता भइसकेका छन् । उनका दुई छोरा थियागो ४, र माटेयो २१ महिनाका छन् ।

यी दुई सन् २००८ देखि सँगै छन् । मेस्सीको विवाहको तयारीका लागि उनको गृहनगर सजाइएको छ । उनको विवाहमा इटालीका प्रधानमन्त्री, अर्जेन्टिना टिमका खेलाडी, बार्सिलोना टिमका खेलाडी पनि उपस्थित हुने बताइएको छ ।

स्थानीय रिपार्टलाई मान्ने हो भने अर्जेन्टिनाका पूर्व खेलाडी डिआगो मेरोडोना यो विवाहमा समावेश हुने छैनन् । विवाहका लागि एक पाँचतारे होटल बुक गरिएको छ ।

उनको विवाहमा फुटबल स्टार लुईस सुआरेज, नेमार पनि समावेश हुनेछन् । विवाहमा देशका १ सय ५० चर्चित पत्रकार पनि बोलाइएको छ ।

यस्तै, विवाहको क्रममा मेस्सीका प्रशंसकको पनि विशेष ध्यान राखिएको छ । होटल बाहिर एउटा ठूलो स्क्रिन लगाइनेछ सजमा विवाहको पूरा कार्यक्रम लाइभ देखाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप