शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्चा प्रहार गरी श्रीमान्को हत्या

बिहीबार, १५ असार २०७४, १३ : २४
बिहीबार, १५ असार २०७४

म्याग्दी-मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमान्को हत्या गरेको अभियोग लगाइएको छ । 

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा९साबेल० प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमान्को टाउकामा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको इप्रका, दरबाङ प्रहरीले जनाएको छ । 

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप