बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षायामको सुरुसँगै दूषित पानी पिउन बाध्य

बिहीबार, १५ असार २०७४, १२ : ५०
बिहीबार, १५ असार २०७४

डोल्पा-वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् । 

वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो । 

स्वच्छ खानेपानीे नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताए ।  जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

जिल्लाका अधिकांश गाउँ बस्तीका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि वर्षात्मा डोल्पालीले दूषित पानी पिउनुपर्ने बाध्यता भएको त्रिपुरा सुन्दरी नगरपालिका–१ का दिलीप गिरीले बताए ।  

सिधै खोलमा पानीको मुहान बनाउनाले खानेपानी दिगो नहुनुका साथै दूषित हुने गरेको उनले उल्लेख गरे । 

दूषित पानी पिउन थालेपछि गाँउका अधिकांश सर्वसाधारण रुघाखोकी, विषमज्वर, पखाला, ज्वरोको सङ्क्रमण देखिएकोे त्रिपुराकोटस्थित स्वास्थ्यचौकीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप