शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा मालती मङ्गलेका नायक थापा सम्मानित

बिहीबार, १३ पुस २०७४, १० : ४५
बिहीबार, १३ पुस २०७४

अमेरिका–अमेरिकाको कोलोराडोमा मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मि, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो । 

कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्धारा अभिनित दशवटा नाटकको संक्षिप्त श्रब्य दृश्यका झलकहरु समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो । गीति नाटक मालती मंगले, सकुन्तला, अमरसिह, देउकी, पहाड चिच्याई रहेछ , पृथ्वीनारायण शाह लगायत चर्चित नाटकहरुमा थापाले देउकीको बाबु देखि  पृथ्वी नारायण शाह सम्मको भूमिका सफलतापूर्वक अभिनय गरेको तत्कालिन समाजको चरित्र झल्कन्थ्यो ।

पाच बर्षको उमेर देखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान देखि अमेरिकाको न्यूयोर्क स्थित अफ द ब्रोड अवे थीयटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् । 

समारोहमा उनले चर्चित नाटकहरु फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरुको साना टुक्रा अभिनय गरेर देखाएका थिए । अभिनन्दन कार्यक्रम विभिन्न संघरसँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप