अमेरिकामा मालती मङ्गलेका नायक थापा सम्मानित
अमेरिका–अमेरिकाको कोलोराडोमा मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मि, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।
कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्धारा अभिनित दशवटा नाटकको संक्षिप्त श्रब्य दृश्यका झलकहरु समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो । गीति नाटक मालती मंगले, सकुन्तला, अमरसिह, देउकी, पहाड चिच्याई रहेछ , पृथ्वीनारायण शाह लगायत चर्चित नाटकहरुमा थापाले देउकीको बाबु देखि पृथ्वी नारायण शाह सम्मको भूमिका सफलतापूर्वक अभिनय गरेको तत्कालिन समाजको चरित्र झल्कन्थ्यो ।
पाच बर्षको उमेर देखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान देखि अमेरिकाको न्यूयोर्क स्थित अफ द ब्रोड अवे थीयटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् ।
समारोहमा उनले चर्चित नाटकहरु फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरुको साना टुक्रा अभिनय गरेर देखाएका थिए । अभिनन्दन कार्यक्रम विभिन्न संघरसँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने