केन्द्रीय संस्करण

नेपाली बजारमा भिगार्डले ल्यायो स्मार्ट गिजर

person access_timeपुस १२, २०७४ chat_bubble_outline0

काठमाण्डौ– जाडोयाम सुरु भएसँगै भारतीय कम्पनी स्मार्ट गिजर भिगार्डले नयाँ–नयाँ गिजरहरु बजारमा ल्याएको छ । त्रिवणी ग्रुप अन्तर्गत रहेको जीपी ट्रेडिङ् कन्सर्नले नेपाली ग्राहकहरुको उच्च मागलाई ध्यान दिँदै भिगार्ड गिजरहरु आयात गर्न सुरु गरिसकेको जनाइएको छ ।

भिगार्डले बजारमा ल्याएका गिजरहरुमा ८ वर्षको वारेन्टी हुने समेत कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार नेपाली बजारमा आएका भिगार्ड उत्पादनमा आउटर बडि र हिटिङ इलिमेन्ट आइएसआई मापदण्डमा रहेको समेत बताइएको छ ।

उक्त कम्पनीका उत्पादनमहरुमा डब्ल्यू पि.ई.आइपिसिएस जस्ता उच्च स्तरको प्रविधि प्रयोग भएको जनाइएको छ । उपभोक्ताहरुको आवश्यकतलाई मध्यनजर गर्दै कम्पनीले एक लिटरदेखि ५० लिटर सम्मको विद्युतीय गिजर बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । विशेषगरी कम्पनीले ३ प्रकारका गिजरहरु नेपाली बजारमा उपलव्ध गराएको जनाएको छ । 

जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरुको आआफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमाभने विद्युतीय गिजर नै बढी उपयोगी हुने कम्पनीको दाबी छ । त्यस्तै ग्याँस गिजर पनि विद्युत नपुगेको स्थानमा, प्रयोगका हिसाबले सहज रहेको बताइएको छ । 

गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्डभन्दा केही फरक भिगार्डका गिजरहरु आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तरयुक्त रहेको कम्पनीको दाबी रहेको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ