शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षायामको सुरुसँगै स्थानीय दुषित पानी पिउन बाध्य

बिहीबार, १५ असार २०७४, १० : ४१
बिहीबार, १५ असार २०७४

डोल्पा–वर्षायामको सुरु भएसँगै पानीका मुहानहरु बढेपछि डोल्पालीहरु दुषित पानी पिउन बाध्य भएका छन् ।


बर्षायाम सुरुभए सँगै निरन्तर रातको समयमा भइरहेको बर्षातले गर्दा खोपानीको मुहानहरु समेत बढेर माटो,बालुवा,काठका टुक्रा जस्ता फोहोरहरु बगाएर ल्याउने गरेपछि खानेपानी दुषित भएको हो ।


स्वच्छ खानेपानीको नहुँदा त्यही दुषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय दुर्गा प्रसाद देबकोटाले बताए । 
जिल्लाका त्रिपुराकोट,गल्ली,रल्ली,खदाङ लगाएतका दर्जनौ बस्तीहरुमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।


जिल्लाका अधिकासं गाँउ बस्तीहरुका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि बर्षातमा डोल्पालीहरुलाई दुषित पानी पिउनुपर्ने बाध्यता हुनेगरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय दिलिप गिरीले बताए । 


सिधै खोलमा पानीको मुहान बनाउनाले खानीपानी दिगो नहुनुका साथै दुषितहुने गरेको उनको बुझाई छ ।


बर्षातको समयमा डोल्पालीलाई स्वच्छ खानेपानीको अभावमा दुषित पानी पिउनुको विकल्प नरहेको स्थानीय गिरीको भनाई छ ।हिँउदको समयमा भने पानीको मुहानहरुमा प्रदुषण नहुने भएकाले पानी दुषित नहुने उनको भनाई छ ।


दुषित पानी पिउन थालेपछि गाँउका अधिकाशं सर्वसाधारणहरुलाई रुघाखोकी,टाईफाईट,पखाला,ज्वरोको संक्रमणका बिरामिहरु बडेको स्वास्य चौकी त्रिपुराकोटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप