बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा नेपाली विद्यार्थीको मृत्यु, छानविन गर्न माग

सोमबार, १० पुस २०७४, १४ : ४७
सोमबार, १० पुस २०७४

काठमाडौँ । ढाकास्थित नेपाली दूतावासले ढाका महानगरीय प्रहरी (डिएमपी) सँग नेपाली विद्यार्थीको मृत्युबारे थप अनुसन्धान गर्न आग्रह गरेको छ ।

बंगलादेशमा डेन्टलबारे अध्ययन गरिरहेकी विनिशा साह गत हप्ता आफ्नै कोठामा मृत फेला परेकी थिइन् । उनले आत्महत्या गरेको बताइएको छ ।

आइतबार दूतावसले प्रहरीलाई सो अनुरोध गरेको हो । विनिशाका दाई नरेन्द्र साहले विनिशाको शव विमान बंगलादेश एयरलाइन्सबाट आइतबार साँझ ८ बजे नेपाल ल्याएका छन् ।

यसअघि बिहान ११ बजे ढाका मेडिकल कलेज हस्पिटलले परिवारलाई विनिशाको शव बुझाएको थियो ।

ढाका स्थित नेपाली दूतावासका उपसचिव डिल्ली प्रसाद आचार्यका अनुसार विनिशाका दाईले बहिनीको मृत्युबारे थप कारण हुनसक्ने बताए पछि दूतावासले थप छानविनका लागि आग्रह गरेको हो ।

यता, डिएमपीका डेप्युटी कमिस्नर मसुदुर रहमानले ढाका ट्रिब्युनसँग कुरा गर्दै विदेशी विद्यार्थीको मृत्युको अनुसन्धानलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप