मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्लाष्टिकको चामल पहिचान गर्ने पाँच सरल तरिका

सोमबार, २९ जेठ २०७४, १३ : २४
सोमबार, २९ जेठ २०७४

आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन समस्या हुनसक्छ ।

प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले तपाईंको हर्मोनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीलाई बाधित गर्नसक्छ । यसका साथै यसले तपाईंको पेटको विभिन्न समस्या पनि निम्त्याउने गर्दछ ।

यस्तो अवस्थामा प्लाष्टिकको चामलबारे थाहा पाउन अत्यावश्यक छ । यसका लागि केही सजिलो टिप्स दिइरहेका छौं जसले तपाईं यसको पहिचान गर्नसक्नुहुन्छ ।

१. थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।

२. एउटा चम्चामा तेललाई तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।

३. एक चम्चा चामललाई एक ग्लास पानीमा हाल्नुहोस् र मिक्स गर्नुहोस् । प्लाष्टिकको चामल पानीमा तैरिने थाल्छ ।

४. थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।

५. शंका लागेको चामललाई पकाउनुहोस् र त्यसलाई केही दिनका लागि छुट्टै ठाउँमा राख्नुहोस् । यदि यसबाट दुर्गन्ध आएन भने त्यो प्लाष्टिकको चामल भएको बुझ्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप