बेइजिङमा परराष्ट्रविद् श्रेष्ठ तथा पत्रकार अजय अलौकिकको पुस्तक विमोचित
काठमाडैं-चीनका लागि पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ तथा पत्रकार, कवि अजय अलौकिकको ‘अलौकिक चीन’ नामक पुस्तक विमोचन गरिएको छ। चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममार्फत यो पुस्तक बिमोचन गरिएको हो ।
यी पुस्तकहरूको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती र चिनियाँ संस्कृति अनुवाद तथा अध्ययन सहयोग सञ्जालका डाइरेक्टर ह्वाङले संयुक्त रूपमा लोकार्पण गरेका थिए।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘हिमाल छिचोल्ने रेशममार्ग’ मा चीनको रेशममार्गसम्बन्धित् लेखहरू समेटिएका छन् भने चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकार अजय अलौकिक श्रेष्ठको ‘अलौकिक चीन’ चीन बसाइ र पत्रकारिताका क्रममा देखेभोगेका अनुभवहरूको सँगालो रहेका छन्।
‘अलौकिक चीन’ पुस्तकबाट लेखक अलौकिकले चीन जान्नबुझ्न इच्छुक पाठकहरूले चीनको बारेमा धेरै बुझ्नसक्ने छन् भन्ने आशा राखेका छन् साथै यस पुस्तकमार्फत लेखकले नितान्त व्यक्तिगत भोगाइ र देखाइ पाठकमाझ प्रस्तुत गर्ने कोशिश गरेका छन्।
यी दुबै पुस्तक ‘हिमाल छिचोल्ने रेशममार्ग’ तथा ‘अलौकिक चीन’ लाई चिनियाँ संस्कृति अनुवाद तथा अध्ययन सहयोग सञ्जालले चिनियाँ भाषामा अनुवाद गरिने जानकारी सो कार्यक्रममा दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा