युरोपमा नेपाली बाजा चिनाउँदै ‘प्राना मुण्डी ब्याण्ड’
काठमाडौं – नेपालमा निर्माण भएका बाजालाई बिदेशी मुलुकमा चिनाउँदै आएको ब्याण्ड हो ‘प्राना मुण्डी ब्याण्ड’ । बर्षमा फरक फरक २ देखी ३ युरोपियन मुलुमा बाजा यसले चिनाउने काम गर्दै आएको छ ।
देश बाँहिरको बिभिन्न नेपाली संघसंस्थासँग मिलेर ब्याण्डले बेला बेलामा नेपाली बाजाहरु बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका धुन चिनाउने गरेको छ ।
स्थापना कालदेखी अहिलेसम्म ५ पटक युरोप टुर गरिसकेको यो ‘प्राना मुण्डी ब्याण्ड’ पुनः युरोप टुरमा निस्कने भएको छ । आउँदो अंग्रेजी बर्षको ४ मार्चबाट पुनः युरोपका बिभिन्न शहरहरुमा नेपाली बाजा चिनाउने उदेश्यले निस्कन लागिएको ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीले जानकारी दिए । यस अगाडिका टुरबाट ब्याण्डले नेपाली बाँझा करिब २० भन्दा बढि मुलुकमा सुनाइसकेको छ ।
‘यसपटकको यात्रामा मौलिक धुनलाई जोड दिएका छौं’ केसीले भने ‘तबला, सितार र बाँसुरी लगायत बाजाले प्रथामिकता पाउनेछ ।’ यसअघि यो ब्याण्ड यहि बर्षको १ सेप्टेम्बर देखी ३५ दिनसम्म युरोप टुर गरेको थियो ।
त्यसबेला पनि नेपालका बिभिन्न धुनहरु युरोपका बिभिन्न शहरहरुमा कार्यक्रमका बिच सुनाएको थियो । टोली अहिले अस्ट्रिया, भेन्या, जर्मनी, इटाली लगायतका देशहरुमा कार्यक्रमतय गरेको छ । युरोप टुरका कतिपय कार्यक्रमहरुमा नेपाली टोली बाहेक करिब २० प्रतिशत सोही देशका बाद्यवाधक पनि रहने गरेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा