शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'मैले त्यसो नगरेको भए ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन'

आइतबार, ०९ पुस २०७४, ०८ : ३१
आइतबार, ०९ पुस २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कम्युष्टि कार्टीका तर्फबाट प्रधानमन्त्री बनेका ६ जनामध्ये सबैभन्दा भाग्यशाली हुन्, जसले सर्वाधिक लामो अवधि मुलुको कार्यकारीको कार्यकारी कार्यार सम्हाल्न पाए । १५ बर्षसम्म महासचिव भएर पार्टी हाँकेका नेपालले यतिबेला भने पार्टीमा खासै महत्वपूर्ण जिम्मेवारी पाएका छैनन् । एमाले नेता माधव कुमार नेपालसँग माधव बस्नेतले गरेको कुराकानी आजको नेपाल(साप्ताहिक)मा प्रकाशित छ । उक्त कुराकानीको केही अंशः

वाम गठबन्धनमा एक अर्काबीचको भित्री समहति खासमा के हो ?
अहिले सिटको चुनावी तालमेल गरौँ, चुनावको परिणामपछि दुईवटै पार्टीलाई एकतावद्ध बनाउने गरी अघि बढौंला भन्ने सहमति भएको थियो ।

पार्टी एकता कहिलेसम्म होला त ?
अब यो प्रक्रिया अघि बढ्छ । मेरो प्रस्ताव छ, विचारका बारेमा छलफल गर्न पनि एउटा टिम बनाउनुपर्छ । संगठनात्मक व्यवस्थापन गर्न पनि एउटा टिम बनाउनुपर्छ । दवैले आवश्यक गृहकार्य गर्नुपर्छ । बीचको अवधिमा एकतावद्ध गर्न एउटा कोर टिम गठन गर्ने त्यसपछि क्रमशः तलतल जाँदै र विधि तय गर्दै अघि बढ्नुपर्छ । 

तर, अहिले नै पहिले एकता कि सत्ता भनेर अन्तरविरोध सुरु भइसक्यो, एकता कति टिकाउ होला ?
प्रतिनिधिसभाको परिणाम घोषणा भएको ३५ दिनभित्र सरकार बनाइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, पार्टी एकताका लागि यस्तो सीमा छैन । त्यसकारण एकताका लागि केही समय लिइहाल्यो भने पनि आत्तिनुपर्ने छैन ।  जहाँसम्म कति टिक्ला भन्ने सवाल छ, एउटा शक्ति बनिसकेपछि आमजनता, कार्यकर्ताको भावनाभन्दा टाढा केही जान सक्दैन  । जो टाढिन्छ, उ एक्लिन्छ, सकिन्छ ।

तपाइं महाुचिव, प्रधानमन्त्री भइसक्नुभएको व्यक्ति अहिले खासै सक्रिय भूमिकामा देखिनुहुन्न नि ?
मैले जे जिम्मेवारी पाउँछु, वडो सक्रियातापूर्वक लाग्छु । अहिले एमालेको विदेश विभाग प्रमुख छु । विदेश विभागबाट गर्नुपर्ने काम धमाधम गरिरहेको छु । पार्टी एकता संयोजन समितिको सदस्य छु । एकतामा समस्या केही छ कि भनर हटाउन, पन्छाउन उत्तिकै सक्रिय छु ।

अब तपाईंको भूमिका के हुन्छ, राष्ट्रपति, पार्टी अध्यक्ष वा अरु ?
म पदका लागि मरिहत्ते गर्ने पात्र होइन, परिवर्तनका लागि खटिने व्यक्रि हुँ ।

तपाईंलाई अहिले पार्टी अध्यक्ष केपी ओलीले महत्व दिनुभएको देखिन्न महासचिव भएका बेला उहाँलाई तपाईंले वास्ता नगर्नुभएकाले उहाँले पनि त्यस्तै गर्नुभएको भन्छन् हो ?
मैले ओलीजीलाई महत्व नदिएको भन्ने त लाग्दैन । म महासचिव हुँदा हाम्रो पार्टीभित्र आलीजी, झलनाथजी र मेरो तीन जनाको टिम थियो । त्यो व्यवस्था मैले नै गरेको थिएँ । कमिटीको बैठमभन्दा बाहिर निर्णय गर्नुपर्यो भने हामी तीन जनाको सल्लाहमा हुन्थ्यो । २०६२, ६३ को जनआन्दोलनपछिको सरकारमा पार्टीभित्र सबैको विरोधका बीच पनि ओलीजीलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रस्ताव राख्ने मै हुँ । मैले प्रस्ताव राखेको थिइनँ भने उहाँ उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन । पार्टीको सातौं महाधिवेशनपछि आलीजीले नै भनेको हुनाले, उहाँकै प्रस्तावमा मैले करिब एक दर्जनलाई केन्द्रीय समितिको सदस्य मनोनित गरेको हुँ । त्यसैले मैले ओलीजीलाई महत्व दिएको थिइनँ भन्नेमा सत्यता छैन ।

तर, ओलीले तपाईंलाई खासै महत्व दिनुभएको छैन त ?
अब उहाँले महत्व दिनुभयो, भएन, उहाँले नै सोच्ने कुरा हो । तर, कसैले कसैलाई महत्व नदिएर कसैको फाइदा हुँदैन । पार्टीलाई नोक्सान पुग्छ । सबैले सबैको क्षमता, योग्यता र व्यक्तिको राम्रो कदर गर्यो भने सबैको कदर सबैले गर्छन् । किनभने, आफूले सम्मान पाउन पनि अरुको सम्मान गर्न जान्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप