केन्द्रीय संस्करण

यसकारण एमाले हामीसँग आयो, सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो: प्रचण्ड

person access_timeपुस ९, २०७४ chat_bubble_outline0

 नवलपरासी - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन् । शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको दाबी गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सरकार, पार्टी र संसदीय दल तीनै पदमा एमालेको नेतृत्व रहनुपर्ने तर्कप्रति संकेत गर्दै दाहालले यस्तो भनेका हुन् । शुक्रबार गृहनगर भरतपुरमा दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आलोपालो सत्तारोहण गर्ने सहमति भएको दाबी गरेका थिए । ‘फोरमसँग पनि उहाँहरुले तालमेल गर्नखोज्नुभयो, तर उपेन्द्रजी नमानेपछि हामीबाहेक एमालेसँग सरकार बनाउने विकल्प छैन,' दाहालले भने, ‘अब एमालेसँग मिलेर हामी सरकार बनाउँछौं। एमालेले एक्लै बहुमत पाएर हामीलाई पन्छाउने हो कि भन्ने त्रास थियो तर बहुमत नपाएपछि त्यो डर हट्यो ।'

'सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो ।'
दाहालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्षका लागि आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि एमालेसँग एकताकै लागि नमानेको जिकिर गरे । ‘उनले त झन् लिखित दिनपर्‍यो भने पनि तयार छु भनेका हुन्, तर हामी त्यसमा मानेनौं । हामी वाम एकतामा इमानदार छौं, किनकि यो मेरै प्रस्ताव हो । त्यसैले वाम सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो ।'

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ