सरकारी गाडी दुरुपयोगको पराकाष्ठा
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ ।
सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारीको बूढानीलकण्ठस्थित निवास परिसरमा भेटिन्छ ।
अधिकारीलाई त्रिपुरेश्वरस्थित कार्यालयमा ल्याउन, पुर्याउन प्रतिष्ठानले छुट्टै चालक खटाएको छ ।
तर, चालकले उहाँसहित सरकारी गाडीलाई निजी साधनसरह निवासमा छाडेर फर्किने गरेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छ ।
प्रतिष्ठानका एक कर्मचारीले भने, '३-४ महिना भयो उहाँ (अधिकारी)ले चड्ने गाडी प्राय बूढानीलकण्ठतिरै हुन्छ, अरु गाडी चाहिँ बिदाको दिनमा पनि कार्यालयमा राख्ने गरिएको छ ।'
परराष्ट्र मन्त्रालय मातहतको सो कार्यालयमा गत बर्ष उपकार्यकारी निर्देशकको राजनीतिक नियुक्ति लिनुभएकी अधिकारी उपसचिवस्तरकी कर्मचारी हुनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद