शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मर्स्याङदी शैक्षिक घोषणापत्र जारी: यस्तो छ २५ बुँदे घोषणापत्र

शनिबार, ०८ पुस २०७४, १० : ०८
शनिबार, ०८ पुस २०७४

बेसीशहर - लमजुङको मर्स्याङदी गाउँपालिका अन्तरगत रहेका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला शिक्षा कार्यलय र जनप्रतिनिधिको भेलाले २५ बु“दे मस्र्याङ्दी शैक्षिक घोषणापत्र २०७४ जारी गरेको छ ।

घोषणापत्रमा गुणस्तरीय, बैज्ञानिक र व्यवहारिक शिक्षाका लागि सवै सामाजिक अभियन्ता, जनप्रतिनिधि, शिक्षाप्रेमी, सरोकारवाला र अभिभावकलाई योजनाबद्ध ढङ्गबाट अभियानमा लाग्न तथा सहयोग र समन्वय गर्न आग्रह गरिएको छ । विद्यार्थीलाई अनुशासित, परिश्रमी र लगनशील हुदै आफ्नो उज्ज्वल भविष्यको लागि मेहनतका साथ शिक्षण सिकाइ क्रियाकलापमा लाग्न र शिक्षकलाई आफ्नो पेशागत मर्यादालाई आत्मासात गर्दै गुणस्तरीय शिक्षा र विद्यार्थीको समुन्नत भविष्यको लागि कटिबद्ध र प्रतिवद्ध भई लाग्न आग्रह गरिएको छ । 

के-के छन् घोषणापत्रमा ?
विद्यार्थीका लागि मस्र्याङ्दी गाउँपालिका कप आयोजना गरिने, एक विद्यालय एक-एक खेलकुद र कम्प्युटर शिक्षकलाई तालिमको व्यवस्था गरिने, विद्यार्थी, शिक्षक, समितिका पदाधिकारी÷सदस्यको क्षमता, लगनशिलता र शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको सम्मानार्थ मापदण्ड तयार गरि पुरस्कृत गरिने, पहिलो चरणमा माविलाई प्रविधिमैत्री बनाउन योजनावद्ध ढङ्गले कार्यक्रम तय गरिने, एक विद्यालय एक पुस्तकालयको व्यवस्थापनमा सहयोग गरिने जनाइएको छ । यस्तै, गरीव, असाहय, अपांगता भएका व्यक्तिको शिक्षाका निम्ति विशेष सहयोग कार्यक्रम तय गरिने, मस्र्याङदी गाउ“पालिका स्तरीय शैक्षिक क्यालेण्डर निर्माण तथा प्रयोग गरिने घोषणापत्रमा उल्लेख छ ।

हिंसामुक्त विद्यालय
मस्र्याङदी गाउपालिका स्तरीय परीक्षा बोर्ड गठन गरी परीक्षाको विश्वसनियता र स्तरीयता कायम गर्न जोड दिइने, आचारसंहिता तयारी समिति गठन गरी विभिन्न सरोकारवालाको निम्ति शिक्षा आचारसंहिता कार्यन्वयनमा ल्याइने, अनिवार्य र आधारभुत शिक्षामा जोड दिदै कक्षा छोड्ने र दोहो¥याउने दर घटाउन आवश्यक निति तयार गरिने, शैक्षिक बुलेटिन प्रकाशन गरिने, गाउ“पालिका स्तरीय विषयगत समिति गठन गरिने, हरेक विद्यालयमा वालक्लव गठन गरि वालसंरक्षण नीति अवलम्बन गरी सवै प्रकारको हिंसा मुक्त विद्यालय बनाइने घोषणापत्रमा उल्लेख छ । 

गाउँ शिक्षा योजना
यस्तै, शिक्षक र विद्यार्थीको अनुपात मिलाइने, विद्यालयको सवै प्रकारको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा विद्यालयलाई जिम्मेवार बनाइने, गाउपालिकाभित्रको भूगोल, भेषभुषा, भाषा संस्कृति, मौजुदा सिकाई उपलब्धि, विद्यार्थी तथा शिक्षक संख्या जस्ता विषयलाई समावेश गरी गाउँ शिक्षा योजना निर्माण र कार्यन्वयन गरिने उल्लेख छ । 

शिक्षकलाई आग्रह
मस्र्याङ्दी गाउँपालिकाको शिक्षाको विकासमा सहकार्य गर्ने सरोकारवाला संघ संस्थालाई मस्र्याङ्दी गाउपालिकाको शिक्षा योजनासंग मेल खाने गरी कार्यक्रम गर्न आग्रह गरिएको छ । शिक्षकलाई राजनीतिक दल वा त्यसका भातृ संगठनहरुमा आवद्ध भई राजनीतिमा क्रियाशिल नहुन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप