शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेघा एक्सचेन्ज मेलाको समयावधि दुई दिन थपियो

शुक्रबार, ०७ पुस २०७४, १६ : ५६
शुक्रबार, ०७ पुस २०७४

काठमाडौं– जगदम्बा मोटर्स अन्तर्गतको टिभिएसद्वारा सञ्चालित मेघा एक्सचेन्ज मेलाको समायावधि थप दुई दिन थपिएको छ । राजधानीको भृकुटीमण्डपमा जारी उक्त मेला पुष २ गतेदेखि ६ गतेसम्मको लागि निर्धारण गरिएको भएपनि ग्राहकहरुको हितलाई मध्यनजर गर्दै दुई दिन थपिएको आयोजक पक्षले जनाएको छ ।  टिभिएसले विगत लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु विक्री वितरण गर्दै आइरहेको छ ।

मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ । हाल नेपालमा विक्री वितरण हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरुमध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेका छन् । उक्त मेघा एक्सचेन्ज मेला बिगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि निरन्तर चलिरहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप