भर्खरै सम्पन्न निर्वाचनबारे कार्टर सेन्टरले दियो यस्तो प्रतिक्रिया
काठमाडौँ– कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ ।
तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले पहिलो चरणको निर्वाचन परिणामलाई १० दिन परिणाम ढिलो गर्ने आशय देखिएको र जसका कारण मतदातामा आक्रोश पैदा भएको देखिएको छ ।
प्रथम चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले आधिकारिक मतगणनासम्बन्धी थुप्रै निर्देशन जारी गरेको तर अधिकांश मतदान अधिकृतले यसको पूरै बेवास्ता गर्दै मतगणना प्रक्रियामा राजनीतिक दलका एजेण्टसँग सहमति गर्ने बाटो अवलम्बन गरेको पाइयो ।
सन् १९८२ मा स्थापना भएको कार्टर सेन्टरले विश्वका ८० मुलुकमा द्वन्द्व समाधान गर्ने, मानव अधिकार, आर्थिक अवसर तथा स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री श्रेष्ठले त्रिविका उपकुलपतिलाई दिइन् धन्यवाद
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए