शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हृदयश त्रिपाठीको गाउँमा खस्यो ३५ प्रतिशत मत

बुधबार, १४ असार २०७४, २१ : १८
बुधबार, १४ असार २०७४

परासी– राजपका बरिष्ठ नेता ह्देश त्रिपाठीको वडामा ३५ प्रतिशत मात्र मत खसेको छ  । नवलपरासीको सिमावर्ती गाउँपालिकाको प्रतापुर वडा नम्बर ६ मा ३५ प्रतिशत अर्थात ८ सय ३२ मत मात्र खसेको छ । उक्त वडामा कुल २ हजार ३ सय ९६ जना मतदाताहरु थिए ।

वडा नंं ६ नेता त्रिपाठीको आफनो गाउँ र आफनो पकडमा भएको क्षेत्रका कारण त्यस वडाका मतदाताहरु कम सहभागी भएका हुन् । नेता त्रिपाठीले भोट हालेनन् । वडा नंं ६ मा ३ वटा मतदान केन्द्रहरु तोकिएका थिए ।

यो वडाको गुठीपर्साैनी गाउँ स्थित जनजागृति मावि मतदान केन्द्र नेता त्रिपाठीको मतदान केन्द्र थियो । त्यस मतदान केन्द्रमा ९ सय ८५ मतदाता रहेकोमा १ सय ९४ जनाले मत खसालेका छन् ।

त्यसैगरी त्यसै वडाका अर्काे नेपाली कांग्रेसका नेता एवं सांसद देवकरण कल्वारको मतदान केन्द्रमा खासै मत खसेको पाइएको छैन । गुठी पर्साैनी गाउँमै रहेको साविक गुठीपर्साै गाविस भवन परिसरमा राखिएको मतदान केन्द्र मध्ये ‘क‘ मतदान केन्द्र सांसद कलवारको मतदान केन्द्र थियो ।

उक्त मतदान केन्द्रमा कुल ७ सय २८ मतदाता थिए तर ३ सय १७ जना अर्थात ४४ प्रतिशत मतदाताले मात्र मतदान गरे । दुईटै नेता एउटै वडामा भएपनि गाउँ भने फरकफरक रहेको छ । 

त्रिपाठीको गाउँ भारतको सिमाबाट २ सय मिटर वरै कठहवाँ गाउँमा छ भने सांसद कलवारको गाउँ सिमाबाट ५ सय मिटर वर पर्साैनी गाउँमा घर छ । सांसद कलवारले गत दोस्रो संविधानसभाको निर्वाचनमा नेता त्रिपाठीलाई हराउदै बिजयी भएका थिए ।

नवलपरासीमा ७० प्रतिशत मत खस्यो

नवलपरासीमा कुल ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको ७ वटै स्थानीय तहमा २ सय ४० मतदान केन्द्रबाट कुल ७० प्रतिशलत मत खसेको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका संवेदनशील, अतिसंवेदनशिल मतदान केन्द्रहरुमा पनि कुनै किसिमको बाधा अवरोध नभई शान्तिपुर्ण तरिकाले जिल्लामा मतदान सकिएको छ । मतदान सम्पन्न भएपछि सबै तहको मत पेटिकाहरु सम्बन्धित निर्वाचन अधिृकृतहरुको कार्यालयमा ल्याउने काम जारी रहेको छ ।

सर्वदलीय सहमति जुटेका खण्डमा बुधबार रातीदेखि नै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप