बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजपाले सरकारबाट समर्थन फिर्ता लिने’ – राजपा नेता त्रिपाठी

बुधबार, १४ असार २०७४, २१ : १६
बुधबार, १४ असार २०७४

परासी – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता हृदेश त्रिपाठीले दोश्रो चरणको चुनाव सकेपछि सरकारबाट आफनो समर्थन फिर्ता लिने बताएका छन् । आफ्नो घरमै आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । 

सरकारले राजपाको माग पुरा नगर्दै बलजफती चुनाव गराएको आरोप लगाउँदै नेता त्रिपाठीले सरकारबाट समर्थ फिर्ता लिने र नयाँ आन्दोलनको कार्यक्रम घोष्णा गरी थप संघर्ष चर्काउने दावी समेत उनले गरे । 
स्थानिय तहको चुनावलाई राजपाले बहिष्कार गरि मधेशको शक्तिमा एकता थपिएको समेत बताए । यस चुनावप्रति भयभित रहेको सरकार आफैं नै उत्रिनु राजपाको सफता रहेको नेता त्रिपाठीले दावी गरे ।

 आफनो घरमै पत्रकारसंग कुराकानी गर्दै नेता त्रिपाठीले भने, ‘यस चुनावले लोकतन्त्रलाई बलियो भन्दा कमजोर बनाएको छ र यसले संविधानलाई ओरालो तर्फ धकेलेको छ ।’ नेता त्रिपाठीले भने ‘राजपाको जिल्लाका शीर्ष नेता एवं अगुवा कार्यकर्ताहरुले चुनाव बहिष्कार गरि राजपालाई थप बलियो बनाएको बताए । जिल्लामा चुनाव बहिष्कार गर्ने नेता कार्यकर्ताहरु यस्ता योद्धा हुन जस्ले भोलिका दिनमा मधेश आन्दोलन र जायज मागहरु पुरा गराउनमा तिखो मद्दत गर्ने त्रिपाठीको भनाई थियो । चुनावले लोकतन्त्रलाई स्थापित भन्दा विप्थापित र कमजोर बनाउने उनको तर्क थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप