शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशका युवा मतदाता भन्छन्– चुनावले मात्र विभेद अन्त्य हुँदैन

बुधबार, १४ असार २०७४, २१ : ०४
बुधबार, १४ असार २०७४

विराटनगर– प्रदेश नम्बर १को चुनाव बुधबार उत्साहप्रद ढंगबाट सम्पन्न भएको छ । यो चुनावमा एकसय तीन वर्षको बृद्धादेखि १९ वर्षका युवा तनेरीहरु चुनावमा उत्साहित भएर भाग लिएका थिए । 

सबभन्दा बढी युवाहरु उत्साहित भएर चुनावमा भाग लिएका थिए । विगत दशवर्षदखि आन्दोलन गर्दै आएका तराई मधेशका युवाहरुले यसपटक चुनावमा भाग लिएका छन् । तर उनीहरुको मतमा उही आवेग र चिन्ता उस्तै छ । 

मोरङका विभिन्न मतदान केन्द्रका मधेसी युवाहरुले मधेसको माग सम्बोधन नभएको भन्दै चिन्ता ब्यक्त गरे ।

यसअघिको आन्दोलनमा सहभागी हंसराज यादवले २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भाग लिएको तर यसले मात्र मधेसको समस्या समाधान नहुने बताए । 

‘मधेश आन्दोलनको एउटा उपलब्धि चुनाव पनि हो, त्यसले यसलाई संस्थागत गर्नुपर्छ’, हंशराजले भने, ‘हाम्रो आन्दोलन जारी छ, आन्दोलन रोकिएको छैन, हाम्रो माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौ ।’

२१ वर्षीया सत्रुधन कापर पनि स्थानीय चुनावले मात्र मधेशीमाथि भइरहेको विभेद अन्त्य नहुने भन्दै वास्तविक रुपमै भेदभाव हट्नुपर्ने बताउँछन् । 

केही समय पहिले मात्र विराटनगरको चौक चौकमा टायर बालेको तथा ढुंगा प्रहार गरेको हातले नै बुधबार स्थानीय तहको चुनावमा भाग लिएर मतदान गरेका छन् । कसलाई मतदान गरेको भनि बताउँन चाहेनन् तर उनीहरुको कुरा सुन्दा चुनावबाट खुशी नै देखिएका छन् । यद्यपी राज्यसँगको लडाई जारी नै राख्ने पनि धारणा उनीहरुको छ । 

२३ वर्षीया श्रवण महतोले मधेशमा धेरै समस्या रहेको र यो चुनावले त्यसको कति समाधान गर्छ त्यो थाहा नभएको बताए । चुनावमा भाग लियौं भन्दैमा मधेश शान्त भयो बुझ्नु गलत हुने उनको भनाइ थियो । 

स्थानीय तहको चुनावमा जितेकाहरुले पनि मधेशको विकास र त्यसमाथि रहेको विभेद हटाउन भुमिका खेल्नुपर्ने अन्यथा भोट लिएर जित्ने फेरि पाँचवर्षसम्म फर्केर नहेर्ने कार्य गरे मधेशीले विद्रोह हुने महतो बताउँछन् । 

विराटनगर १४ कि २२ वर्षीया खुश्वु यादवले स्थानीय स्तरमा धेरै समस्या रहेको र त्यसलाई जितेकाहरुले समाधान गर्नुपर्ने उल्लेख गरिन् ।

मधेशमा शिक्षा, स्वास्थ्य र वेरोजगारी समस्या रहेको बताउँदै उनले विराटनगरमा बाटोघाटो, विजुली, खानेपानीको समस्या रहेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप