शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस कार्यकर्तालाई पक्राउ परेपछि दाङको हंशपुरमा तनाव, मतपेटिका उठ्न सकेन

बुधबार, १४ असार २०७४, २० : ५५
बुधबार, १४ असार २०७४

काठमाडौं– दाङको बबई गाउँपालिकास्थित हंशपुर केन्द्रमा मतदानका क्रममा एक महिलालाई पक्राउ गरिएको विषयमा विवाद हुँदा मतपेटिका उठ्न सकेको छैन ।

कांग्रेस कार्यकर्ताले मतदाता शान्ति तामाङलाई प्रहरीले पक्राउ गरेको विरोधमा मतपेटिका उठाउन नदिएको दाङका एसपी धीरजप्रताप सिंहले रातोपाटीलाई जानकारी दिए । उनले शान्तिले फर्जी मत हालेको पत्ता लागेपछि प्रहरील पक्राउ गरेको भएपनि कांग्रेस कार्यकर्ताले अवरोध गरेको बताए ।

स्थानीयका अनुसार शान्ति कांग्रेस कार्यकर्ता हुन् र उनले फर्जी मत हाल्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसैबीच मतपेटिका उठ्न नसकेपछि विवाद मिलाउने प्रयासस्वरुप एसपी सिंह नै घटनास्थलतर्फ लागेका छन् । अहिले कांग्रेस कार्याकर्ताले मतदान स्थलमै नाराबाजीसहित विरोध प्रदर्शन गर्दै शान्तिको रिहाईको माग गरिरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप