शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यादव भन्छन्– जनादेश मतपेटिकामा सङ्कलित भइसक्यो, उत्तेजनामा नआउनुस्

बृद्ध मानिसले सहयोगी लगेको बिबादले पाण्डु माविको मतदान स्थगित
बुधबार, १४ असार २०७४, १९ : ५८
बुधबार, १४ असार २०७४

बृद्ध मानिसले सहयोगी लगेको बिबादले पाण्डु माविको मतदान स्थगित  

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जनादेश मतपेटिकामा संकलित भइसकेको उल्लेख गर्दै उत्तेजनामा नआउने आग्रह गरेका छन् ।

बुधबार तीन वटा प्रदेशको मतदान सम्पन्न भएपछि आयोग कार्यालय काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त यादवले निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न र मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुसँग यादवले आग्रह गरे ।  

‘उम्मेद्वारहरुका प्रतिनिधिहरुको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्कलित भइसकेको छ’, यादवले भने, ‘मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न तथा लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिवद्धतालाई पुनः अभिव्यक्त गर्न आयोग सबै सरोकारवालासँग आग्रह गर्दछु ।’ 

उनले निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न र मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुसँग आग्रह गरेका छन् । 

पाण्डु माविको मतदान स्थगित

बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मा.वि. मतदान केन्द्र क, ख केन्द्रको स्थानीय तहको निर्वाचन स्थगित भएको छ । यो मतदान केन्द्रमा बृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा बिबाद भएपछि मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । 

मतपत्र च्यातिन नदिने 

पहिलो चरणको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएका कारण आयोगले यसपाली निकै सजकता अपनाउने जनाएको छ ।

मतगणनामा मतपत्र च्यातिने सम्भावनाबारे पत्रकारहरुको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त यादवले मतगणनाका लागि आवश्यकताअनुसारको सुरक्षा र भौतिक सुविधा प्रदान गरिने भन्दै त्यसका लागि निर्देशन दिएको बताए ।

मतगणनाका क्रममा दलका प्रतिनिधिहरुलाई कति दूरीमा राख्ने भन्ने निर्णय लिइने पनि उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप