शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा सबैभन्दा बढी, भोजपुरमा सबैभन्दा कम मत खस्योः निर्वाचन अायोग

बुधबार, १४ असार २०७४, १९ : १६
बुधबार, १४ असार २०७४

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको निर्वाचनमा सबै भन्दा बढी बाजुरा जिल्लामा खसेको छ ।

बाजुरामा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा कम मत भोजपुर जिल्लामा खसेको छ । आयोगले दिएको जानकारीअनुसार भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । 

तीन वटै प्रदेशबाट भने ७० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए । निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको र खसेको मत प्रतिशत अझै बढ्न सक्ने प्रमुख आयुक्त यादवले बताए । 

बुधबार सम्पन्न मतदानको रातीबाट नै गणना शुरु गरिने र पहिलो चरणमा भन्दा तीब्र मतगणना गरिने पनि आयोगले जनाएको छ ।

मतगणनाका क्रममा कुनै पनि घटना हुन नपाओस् भनी सावधानी अपनाउन र आवश्यक जनशक्तिका लागि मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको पनि प्रमुख आयुक्त यादवले जानकारी दिए । मतगणनास्थलमा भौतिक सुविधा र सुरक्षा आवश्यकताअनुसार गर्न निर्देशन दिइएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप