शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध एयर र भी–रक एण्ड कम्पनीबीच सम्झौता, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

बिहीबार, ०६ पुस २०७४, १४ : १५
बिहीबार, ०६ पुस २०७४

काठमाडौं–सन् २०२० को जुन महिनामा निर्माण सकिने लक्ष्यका साथ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य शुरु भएको छ ।  यसको निर्माण तथा सञ्चालन पश्चात् नेपालमा पर्यटन उद्योगले ठूलो फड्को मार्ने सबैको बुझाई छ । 

यसै क्रममा बुध्द एयरले पनि आगामी दिनमा वार्षिक २५ लाख पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट नेपाल भित्र्याउने लक्ष्यसहित गृहकार्य थालेको जनाएको छ ।

 यसका लागि पोखरा तथा त्यस वरपरका सरोकारवालाहरुसँग थप सहकार्य तथा अध्ययन गर्न जरुरी देखिएको भन्दै  बुध्द एयरले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भी –रक एण्ड कम्पनी प्रालिसँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बुद्ध एयरका तर्फबाट प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेत र भी–रक एण्ड कम्पनीका तर्फबाट अध्यक्ष राधेश पन्तले हस्ताक्षर गरेका छन् । भी–रक एण्ड कम्पनी पूर्वाधार विकास, वित्तीय सेवा, रणनीति व्यवस्थापन र नेतृत्व विकासमा परामर्शदाताको रुपमा केन्द्रित रहेर काम गर्दै आएको छ ।
पोखरा विमानस्थल निर्माण तथा सञ्चालनपछि हुनसक्ने परिवर्तन तथा विकास सम्भावनाका कार्यहरुको अध्ययनका लागि भी–रक एण्ड कम्पनीले खोज अनुसन्धान तथा सहयोगीको भूमिका निभाउने बुद्ध एयरले जनाएको छ । 

बुध्द एयरले गरेको अध्ययन अनुसन्धान अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पछि २५ लाख पर्यटक नेपाल भित्रिने देखाएको छ । यसरी भित्रिने पर्यटकहरु केवल पोखरा र अन्नपूर्ण क्षेत्रमा मात्र सीमित हुने छैनन्, उनीहरु समग्र प्रदेश नं। ४ तथा देशका अन्य क्षेत्रहरुमा पनि जान सक्ने थप बाटो खुल्नेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भ्रमणमा आउने पर्यटकले दश लाख नेपालीलाई दिगो रोजगारिको व्यवस्था गर्ने अपेक्षा गरिएको छ। अहिलेको तथ्यांक अनुसार ३ लाख पर्यटकले वार्षिक पोखरा र अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्ने गरेका छन् । 

बुद्ध एयरको पहलमा भी–रक एण्ड कम्पनीसँगको सहकार्यले उल्लेखित उपलब्धिहरु सुनिश्चित गर्न सकिने अपेक्षा रहेको छ ।

बुद्ध एयरको पहलमा भी–रक एण्ड कम्पनीसँगको सहकार्यले उल्लेखित उपलब्धिहरु सुनिश्चित गर्न सकिने अपेक्षा रहेको छ ।

१.    प्रमुख चुनौतीको रुपमा प्रदेश ४ मा रहेको पर्यटकीय क्षेत्रको विकास विस्तार र उचित समयमै वातावरण र पर्यावरणको संरक्षण रहेको छ । सौराहा र काठमाडौंले अव्यवस्थित शहरीकरण, अव्यवस्थित निर्माण, जनसंख्या वृद्धि र प्रदुषण रोकथामका उचित अभावले पर्यटन अवसरलाई सदुपयोग गर्न सकेका छैनन् । त्यस कारण पोखराको हकमा सबै पक्षलाई समेटि वृहत् योजनाको निर्माणमा चा“डो भन्दा चा“डो लाग्नु जरुरी रहेको छ ।

२.    पर्यटन उद्योग अल्पकालीन र दिर्घकालिन दुवै रुपमा नेपालको दिगो रोजगारीको माध्यम बन्न सक्छ  । घान्द्रुक यसको ज्वलन्त उदाहरण हो, जहाF स्थानीयनै व्यवसायको प्रमुख हिस्सेदार रहेका छन् र उनीहरु पर्यावरण संरक्षण र प्रवद्र्धनका लागि सचेत छन् । 

३.    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देखाएको आर्थिक सम्भावनाले खाद्यान्न, कुशल मानव संसाधन, निजी र सार्वजनिक  संरचना, पर्यावरण, उर्जा तथा सुरक्षाजस्ता अन्य क्षेत्रमा वृहत्तर सहभागिताको आवश्यकता पर्छ । 
यो आयोजना आउँदो वर्षको जनवरी १ देखि ९ महिनासम्म सञ्चालन हुनेछ । आयोजनाको अन्त्यमा यसले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप