नितम्ब ठूलो हुनुको अर्थ थाहा छ तपाईंलाई ?
बीबीसी
एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ ।
सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ । उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ ।
यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन । यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ ।
मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको शरिरको आकार स्याउको तुलनामा नास्पातीको जस्तो हुन्छ ।
नितम्ब र जाँघ बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा जाँघ र नितम्बको बोसो ठिक मानिन्छ ।
उक्त शोधका अनुसार पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही