शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष २०१८  देखि मलेसियामा कामदारहरुले लेवी तिर्नुनपर्ने

बिहीबार, ०६ पुस २०७४, ११ : ५१
बिहीबार, ०६ पुस २०७४

काठमाडौं–नयाँ वर्ष २०१८ देखि मलेसियामा रहेका विदेशी कामदारहरले लेवी तिर्नुनपर्ने भएको भएको छ  । नयाँ व्यवस्थाअनुसार अब रोजगादाता कम्पनीहरुले नै कामदारको लेवी व्यहोर्ने छन् । 

मलेसिया सरकारले रोजगादाताले नै लेवी तिर्नुपर्ने निणर्य गरेको भएपनि कार्यान्वयन २०१८ हुन लागेको  त्यहाँको मानव संशाधन मन्त्रालयले जनाएको छ । 

नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियाको यो निर्णयबाट हजारौ नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने छन् । 

मलेसिया सरकारले विदेशी कामदारबाट लेवी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिईसकेको छ । कामदार आफ्नो देश नफर्के सम्म रोजगारदाता पूर्ण जिम्मेवार हुने नयाँ नियममा उल्लेख गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप