शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषधसहित भारतीय पक्राउ

बुधबार, १४ असार २०७४, १८ : ५२
बुधबार, १४ असार २०७४

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् । 

चितवनबाट हेटौडातर्फ आउँदै गरेको बीआर ०६ जीए ४४२३ नम्बरको भारतीय ट्रक प्रहरीले शंका मानी चेकजाँच गरेको थियो ।

पक्राउ पर्नेमा ट्रक चालक भारत मोतिहारीथाना रामगढवाग्राम मझरिया १ बस्ने २० वर्षीय सुधीर राम रहेको प्रहरीले जनाएको छ ।

चालक रामले ट्रकको चालक पछाडीको सिट मुनीको भागमा लुकाई छिपाई ल्याएको लागूऔषध गाजा १ सय २० केजी बरामद गरिएको र आवश्यक अनुसन्धान भइरहेको हेटौडा प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप