बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा

बुधबार, १४ असार २०७४, १८ : ३४
बुधबार, १४ असार २०७४

काठमाडौँ – दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।

गृहमन्त्री जर्नादन शर्माले टेलिफोन गरेर रानालाई बधाई दिएका छन् । साथै, आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन र दुर्घटनाबाट बचाएकोमा गृहमन्त्री शर्माले हवल्दार रानालाई बहादुरीको कदर गर्दै पुरस्कृत गर्ने बताएका हुन् ।

‘हो मैले दुर्गालाई फोन गरे । जोखिम मोलेर दुर्घटना बचाएकोमा बधाईं दिएँ र पुरस्कृत गर्ने भनेको छु,’ गृहमन्त्री शर्माले रातोपाटीसँग भने । 

स्थानीय तहको निर्वाचन प्रभावित गर्ने गरी दाङ तुल्सीपुरको अम्बास मतदान केन्द्रमा सर्वसाधारणमाथि प्रहार गरिएको बम बुधबार हवल्दार  दुर्गा बहादुर रानाले भुइँमा खस्न नदिएर समाते ।


उनले बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि वाहवाही कमाएका छन् ।   


रानाले जनताको रक्षा गर्नु नै आफ्नो धर्म भएकाले बम समातेको प्रतिक्रिया दिएका छन् । 


रानाले बम भुइँमा खस्न नदिएर क्रिकेटरले जस्तै च्याप्प समातेर बाहिर हुत्ताइदिएका थिए । भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप