बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा चुनाव जितेकालाई ओलीको सर्टिफिकेट (फोटोफिचर)

बुधबार, ०५ पुस २०७४, १६ : ३९
बुधबार, ०५ पुस २०७४


काठमाडौँ । काठमाडौँ जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा विजयी भएका उम्मेदवारहरुलाई बधाई ज्ञापन कार्यक्रमको आयोजना गरिएको छ ।

संयुक्त वाम गठबन्धन काठमाडौँद्वारा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी ओली, नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

विजेताहरुलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान  गरिएको थियो । वाम गठबन्धनले प्रतिनिधि सभामा काठमाडौँका १० मध्ये ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । प्रदेशसभामा भने २० मध्ये १६ सिटमा वामगठबन्धनले जित हासिल गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप