कांग्रेसभित्र देउवाको राजीनामा माग्ने तयारी !

काठमाडौं– निर्वाचनमा कांग्रेसले पराजय भोग्नुमा सभापति शेरबहादुरको मुख्य कमजोरी रहेको भन्दै कांग्रेसमा देउवाको राजीनामा माग्ने तयारी भएको छ ।
नेताहरु प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेल, कृष्ण सिटौला लगायतले सभापति देउवाको राजीनामा माग्ने तयारी थालेका हुन् ।
निर्वाचन परिणाम सार्वजनिक भैसक्दा पनि निर्वाचन समिक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउन समेत सभापति देउवाले आलटाल गरेर त्यतिकै भुलाउन लागेको असन्तुष्ट नेताहरुको भनाई छ ।
‘कांग्रेस हार्नुमा प्रमुख कारण बाम गठबन्धन नै हो, त्यसमा दुईमत छैन तर, अर्को कारण भनेको नेतृत्वको मनोपोली र आन्तरिक कमजोरी हो । यसमा नेतृत्वले नैतिक जिम्मेवारी लिएर राजिनामा गर्नुपर्छ भन्ने हाम्रो मानयता हो’ केन्द्रीय सदस्य प्रदिप पौडेलले रातोपाटीलाई बताए । पौडेलले चुनावी रणनीति कमजोर, टिकट वितरणमा भएका कमजोरी लगायतका विषयमा नेतृत्वले आत्मसमिक्षा नगरे कुनैपनि व्यक्तिको अनुहार हेरेर आफूहरु चुप लागेर बस्न नसक्ने पनि बताए ।
उनले भने ‘यो पटक कांग्रेसको इतिहासमै कमजोर नतिजा आयो, कांग्रेस नै संकटमा पर्ने अवस्था आइसक्यो, यसमा सवैको कमजोरी र जिम्मेवार छ तर सवैभन्दा बढि जिम्मेवारी त सभापतिकै हो । त्यसैले अव बस्ने बैठकमा हामीलाई सभापतिको राजिनामा माग्न कुनै समस्या छैन । ’
उनले नेतृत्वबाट पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने नीति तथा कार्यक्रम आउला भन्ने झिनो अपेक्षा गर्न सकिएपनि अव टालटुले पाराको जवाफबाट चित्त बुझाउन नसकिने बताए ।
यता, असन्तुष्ट समुहले सभापति देउवाको राजीनामा माग्ने तयारी गरिरहेपछि देउवा पक्षिय नेताहरुले भने कांग्रेसले चुनाव हार्नुमा बामगठबन्धन बन्नु नै प्रमुख कारण रहको निश्कर्ष निकालेको छ ।
‘प्रतिश्पर्धामा रहेको एमालेसँग माओवादी पनि मिसिएपछि हामी कमजोर हुने नै हो, तर त्योमात्रै कारण नहुन सक्छ । यसमा हामी सवैको कमजोरी छ, बैठकमा यसबारे गहन बहस र छलफल हुनेनै छ’ देउवापक्षिय नेता डा. प्रकाशशरण महतले बताए ।
उनले नेतृत्वले बाम गठबन्धनपछि नेतृत्वले वामसँगको सवालजवाफ प्रभावकारी ढंगले जनतामाझ पुर्याउन नसकेको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
-
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी