शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ घण्टापछि ग्यास प्लान्टको आगो निभाइयो ( आगलागीका फोटो/भिडियो)

बुधबार, ०५ पुस २०७४, १५ : १८
बुधबार, ०५ पुस २०७४

वीरगञ्ज–  वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा अाएकाे छ ।  ९  घण्टापछि आगलागी नियन्त्रणमा अाएकाे  सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि  ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् । यद्यपी अब  भने दमकलको सहायताले आगो निभाउन  सहज देखिएको छ । 

यसअघि भीषण आगालागीका कारण सुरक्षाकर्मीसहितका दमकलको टीम एक किलोमिटर परै रोकिएका थिए । बिहान  करीब ७ बजेको आसपासबाट सुरु भएको आगलागी अहिले दिउँसो ३ बजेयता नियन्त्रणमा प्रहरी भनाई छ ।  आगलागी नियन्त्रणमा  अाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र  जनपथ प्रहरी उद्योगभित्र प्रवेश गरेर क्षतिको विवरण संकलनका साथै आवश्यक काम थालेको छ । 

भिडियाे हेर्नुहाेस्


आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए। 

आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन्  । यस्तै  बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए ।   

सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । 

 प्लान्टमा ग्यास लिकिज भएर आगलागी सुरु भएको बताइएको छ । 

आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली समेत गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप