९ घण्टापछि ग्यास प्लान्टको आगो निभाइयो ( आगलागीका फोटो/भिडियो)
वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा अाएकाे छ । ९ घण्टापछि आगलागी नियन्त्रणमा अाएकाे सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् । यद्यपी अब भने दमकलको सहायताले आगो निभाउन सहज देखिएको छ ।
यसअघि भीषण आगालागीका कारण सुरक्षाकर्मीसहितका दमकलको टीम एक किलोमिटर परै रोकिएका थिए । बिहान करीब ७ बजेको आसपासबाट सुरु भएको आगलागी अहिले दिउँसो ३ बजेयता नियन्त्रणमा प्रहरी भनाई छ । आगलागी नियन्त्रणमा अाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्योगभित्र प्रवेश गरेर क्षतिको विवरण संकलनका साथै आवश्यक काम थालेको छ ।
भिडियाे हेर्नुहाेस्
आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए।
आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन् । यस्तै बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए ।
सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
प्लान्टमा ग्यास लिकिज भएर आगलागी सुरु भएको बताइएको छ ।
आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली समेत गराइएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण