शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असिनाले नष्ट भएका  जुम्लाका स्याउको क्षतिपुर्ति किसानले पाए

बुधबार, १४ असार २०७४, १८ : ०५
बुधबार, १४ असार २०७४

जुम्ला –  असिनाबाट नष्ट भएका जुम्लाका स्याउको क्षतिपुर्ति बीमा बापत त्यहाँका किसानले पाएका छन् । १ सय ५ जना किसानको वीमा बापत रकम शीखर इन्स्योरेन्सले उपलब्ध गराएको हो । यस वर्ष स्याउ फल्ने बेला असिना परि किसानको स्याउमा क्षति भएकोले क्षतिपुर्ति दिईएको शिखर इन्स्योरेन्स कं. लि.ले जनाएको छ ।


जुम्लामा एक कार्याक्रमका बीच मौसममा आधारित स्याउ खेती बीमाको क्षीतपूर्ति किसानलाई दिइएकोे शिखर इन्स्योरेन्सका सहायक प्रबन्धक श्री सुजिप श्रेष्ठले जानकारी दिए । जुम्ला, कालिकोट र मुगु गरी करिव २० लाखको बीमा दाबी भएको उनको भनाई छ । असिना र खडेरीबाट हुने आर्थिक नोक्सानीबाट बच्नका लागि किसानहरुले स्याउका बीमा गरेको उनले बताए जुम्लामा क्षतिपुर्ति पाँउदा खुसी भएका स्याउ खेती बीमाका लाभान्बितभएका छन् । 

 
 मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा किसानलाई हुने क्षतीबाट छुटकारा गराउनको लागी जुम्लामा शिखर इन्स्योरेन्सले स्याउ खेतीमा नेपालमै पहिलो पटक मौसमी सुचाङकमा आधारित स्याउ खेती बीमा लगायत अन्य कृषि बीमा गराउँदै आएको छ ।

 

उक्त स्याउ खेती बीमा योजना शिखर इन्स्योरेन्स र सक्षम कार्यक्रमकोे सहकार्यमा अप्रिल २०१६ देखि जुम्ला, कालिकोट, मुगु र डोल्पामा सञ्चालन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप