शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदान गर्न गएका तीन जनाको ज्यान गयो

बुधबार, १४ असार २०७४, १८ : ०४
बुधबार, १४ असार २०७४

काठमाडौं– आजको चुनावमा तीन जनाको मतदाताको मृत्य भएको छ । झापा र पाल्पामा स्थानीय तह दोस्रो चरणको मतदानका क्रममा दुई जना बृद्धको मृत्यु भएको छ । झापाको दमकका ८२ वर्षीय नरेन्द्र भण्डारी र पाल्पाको बगनासकाली गाउपालिकाका पूर्णचन्द भटटराईको मतदान गर्ने क्रममा मृत्यु भएको हो ।


बुधबार बिहान दमक ९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न लाइन बसेका भण्डारी अचानक ढलेका थिए । लाइनमा बस्दाबस्दै ढलेका उनको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।


त्यस्तै पाल्पा बगनासकाली गाँउपालिका वडानम्बर ६ का ८४ बर्षीय भटराईको पाल्पाको याम्घा मतदान केन्दमा मत दिन लाईन बसेका बेला निधन भएको हो । उनि दमका रोगी भएको बताइएको छ ।


त्यसैगरी इलामस्थित रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको आज मृत्यु भएको छ । मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।


उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप