शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फाल्दा फाल्दैको बम समाउने को हुन् ?

बुधबार, १४ असार २०७४, १७ : ५३
बुधबार, १४ असार २०७४

दाङ– स्थानीय तहको निर्वाचन प्रभावित गर्ने गरी मतदान केन्द्रमा सर्वसाधारणमाथि प्रहार गरिएको बम बुधबार एक प्रहरी हवलदारले भुइँमा खस्न नदिएर समाते ।

प्रहरी हवल्दार  दुर्गा बहादुर रानाले बम भुइँमा खस्न नदिएर क्रिकेटरले जस्तै च्याप्प समातेर बाहिर हुत्ताइदिए ।

दाङ तुल्सीपुरको अम्बास मतदान केन्द्रमा खटिएका प्रहरी हवल्दार रानाले आफ्नो बहादुरी त देखाए नै । उनले बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि वाहवाही कमाएका छन् ।   

चुनाव प्रभावित पार्ने गरी बाहिरबाट बुथमा अज्ञात समूहले फालेको बम रानाले भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो । जसले कुनै पनि मानवीय क्षति हुन पाएन ।

केही दिनअघि मात्रै दाङमा नै सशस्त्र प्रहरीका एक हवल्दारले छतबाट खस्दै गरेका बालकलाई भुइँमा खस्न नदिइ समाएर बचाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप